महासमिति बैठकः कांग्रेसले प्रतिनिधिलाई बास र साँझको खाना नदिने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १७:१६:६
१ फागुन, काठमाडौं । यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिबाट जनही तीन हजार दर्ता शुल्क लिइने भएको छ । प्रवेश र दर्ता शुल्कबापत उक्त रकम लिने निर्णय गरिएको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी अनुसार महासमिति बैठकमा बिहानको चिया नास्ता, खाना र दिउँसो चिया बिस्कुट (हाई–टी)को व्यवस्था भने पार्टीले गर्नेछ । साँझको खाना र बासको व्यवस्था आफैंले व्यवस्थापन गर्नुपर्नेछ ।
शुल्क तिरेर खान चाहनेलाई महासमिति बैठकस्थल बाहिर भोजन स्टलहरू राखिने उनले बताए । प्रचारका निम्ति तीनदेखि पाँच हजारसम्म पार्टीको झण्डा बैठक स्थल र उपत्यकाका विभिन्न ठाउँमा राखिने भएको छ । तीन हजारभन्दा बढी प्रचारात्मक स्टिकर तयार गरिने उनले जानकारी दिए ।
महासमिति सदस्यहरूलाई बैठक स्थलसम्म पुर्याउन साँगा, सूर्यविनायक, कोटेश्वर, कलंकी, चाबहिल, गौशालालगायत स्थानबाट गोदावरीसम्म बसको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान
भदौ ३१, २०८१ सोमबार
गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
भदौ ३१, २०८१ सोमबार
लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार