आज माैसम बदली रहने
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ७:५६:९
२ फागुन, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देश भर आंशिक देखि साधारणतया बदली रहको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आज आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुर पश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती
असोज १४, २०८१ सोमबार
काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो
असोज १४, २०८१ सोमबार
देशभर बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो
असोज १४, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
असोज १४, २०८१ सोमबार
नवलपरासीको दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
असोज १४, २०८१ सोमबार
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार
असोज १४, २०८१ सोमबार