सगरमाथा आरोहणको सलामी दस्तुर २० लाख बनाइने
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ११:६:५५
२ फागुन, काठमाडौं । सगरमाथा आरोहण गर्दा विदेशीले बुझाउने सलामी दस्तुरलाई प्रतिआरोही ११ हजार अमेरिकी डलर (१४ लाख ५९ हजार) बाट २० हजार डलर १९ लाख ९० हजार पुर्याउने भएको छ ।
पर्यटन विभागले ७ वर्षअघि जारी गरेको पर्वतारोहण दस्तुरलगायत केही नियमावलीलाई संशोधन गर्दै विश्वभर पर्यटन व्यवसायीमाझ सर्वाधिक चासो व्यक्त हुने सगरमाथाको आरोहण दस्तुरलाई झन्डै २० लाख हाराहारी पुर्याउन लागिएको हो ।
विभागले दस्तुरसहित पर्वतारोहणसम्बन्धी नियमावली संशोधनको काम अघि बढाएको छ । नेपालले ५ हजारदेखि ८ हजार ८ सय ४८.६८ मिटरसम्मका ३ सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।
नयाँ नियमावली पारित भएपछि अरू हिमालको पनि साविकको सलामी दस्तुर वृद्धि हुने विभागले जनाएको छ । हाल विभागले सञ्चालन गर्ने हिमाल वर्षमा चार सिजन आरोहणका लागि खुला गरिन्छन्, जसमा नेपाली र विदेशीलाई फरक–फरक सलामी दस्तुर लिने गरिन्छ । सगरमाथा आरोहणमा नेपाली आरोहीले वसन्तकालीन याममा ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ ।
६५ सय मिटरमुनिका हिमालमा नेपाली आरोहीले न्यूनतम ४ हजार रुपैयाँ सलामी दस्तुर तिरे पुग्छ । विदेशीले भने ६५ सय मिटरभन्दा मुनिका हिमालमा २ सय ५० डलर तिर्नुपर्छ । भर्खरै सकिएको शीतकालीन याममा विभागले ५२ वटा हिमाल आरोहण अनुमतिबाट ७ करोड ६६ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो । यो सिजनअघि वसन्तकालीन याममा विभागले २८ वटा हिमालमा आरोहण अनुमति दिँदा ७६ करोड ५७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार