सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ११:३०:३२
२ फागुन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो ।
यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद शेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
शेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रूपैयाँ रहेको छ ।
हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ पुग्नेछ । यस हकप्रद शेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले शेयर दाबी गर्न पाउनेछन् । सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार