४०० करोडको लगानीमा साजिद नाडियाडवालासँग सलमानको फिल्म
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ११:४०:२०
२ फागुन, मुम्बइ । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान करिब १० वर्षपछि निर्माता साजिद नाडियाडवालासँगै आउन तयार भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सो फिल्मको बजेट ४ सय करोड भारु रहेको छ । प्राप्त जानकारीका अनुसार चलचित्रको छायांकन गर्मीमा सुरु हुनेछ र यो वर्षको अन्त्यसम्म जारी रहनेछ । उल्लेखनीय छ कि सलमान खान पछिल्लो पटक टाइगर–३ मा देखिएका थिए । अब खबर छ कि उनी दस वर्षपछि निर्माता साजिद नाडियाडवालासँग देखिने छन् ।
जब साजिद र मुरुगादासले फिल्म बनाउने सोचेका थिए, उनको दिमागमा पहिलो नाम सलमान खानको थियो। यो फिल्मका लागि सलमान दुबैको पहिलो रोजाइ थिए । सलमानलाई यसबारे सोध्दा उनले पनि सहमति जनाए । यो फिल्म साजिदको सबैभन्दा महत्वाकांक्षी फिल्म मध्ये एक हो । फिल्मको नाम भने तय भइसकेको छैन । फिल्मको छायांकन भारत बाहेक पोर्चुगल र अन्य युरोपेली देशमा हुनेछ ।
सलमान खानको यो फिल्मको बजेट पनि ठूलो हुने बताइएको छ । यो फिल्मको बजेट ४०० करोड रहेको बताइएको छ । फिल्म आगामी वर्षको इदको अवसरमा रिलिज हुँदैछ । मुरुगादासले यसअघि गजनी र होलिडे जस्ता सुपरहिट फिल्म दिएका छन् ।
तपाईलाई थाहा नहुन सक्छ कि आमिर खान भन्दा पहिले उनले सन् २००६ मा सलमान खानलाई गजनीको भूमिका अफर गरेका थिए । तर त्यसपछि कुरा मिल्न सकेन र भूमिका आमिर खानको हातमा गयो। अब १८ वर्षपछि यो जोडी पहिलो पटकसँगै काम गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार