सुनिल र विकल पौडेललाई थप १० दिन थुनामा राखिने
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १२:८:४१
२ फागुन, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल दुवै जना गत १० माघमा पक्राउ परेका थिए ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरूमाथि गैरकानुनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो । अख्तियार पटक पटक बोलाउँदा नआएपछि उनीहरूमाथि निगरानी बढाइएको थियो ।
यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानुनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाल र चीनको परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री ओलीको चीन भ्रमणको सबै तयारी सकियो
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार