नियम उल्लंघन गर्ने ६ वित्तीय संस्थाका अध्यक्ष र सीईओमाथि राष्ट्र बैंकको कारवाही
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १४:५१:५०
२ फागुन, काठमाडौं । निर्देशन विपरित कार्य गर्ने तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी कारोबार गरेको भन्दै मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
फाइनान्स कम्पनीतर्फ गुडविल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई कारवाही गरिएको छ । प्रोग्रेसिभले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाइ जोखिमपूर्ण कर्जा दिएको पाइएकाले सीईओ र सञ्चालक समितिलाई सचेत गराउँदै उपयुक्त निर्देशन दिइएको छ । यस्तै गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले सीईओलाई सेचत गराइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले केही अधिकारीलाई सचेत गराएको छ भने केहीलाई नगदसहित कारबाही गरेको छ ।
राष्ट्र बैंकले सप्तकोशि डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित दोस्रो कार्यकालका लागि स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको भन्दै संस्थाको सञ्चालक समितिलाई सचेत गराइएको छ । उक्त कानुनी व्यवस्थासम्मत नहुने गरी दोस्रो कार्यकालका लागि नियुक्त स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन भनिएको छ ।
सो बैंकले बैंकको स्थलगत निरीक्षणको क्रममा राष्ट्र बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममा गएर आधार दर परिवर्तन गरेको पाइएको छ । उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी राष्ट्र बैंकमा पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको जनाइएको छ ।
संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको बैंकले जनाएको छ । सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकले संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको भन्दै कारवाही गरिएको हो ।
नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको भन्दै राष्ट्र बैंकले संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको जनाएको छ । राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई पनि कारवाही गरेको छ ।
यो बैंकले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक पीओथ्री दोस्रो पटक पीओफोर र तेस्रो पटक पीओ फाइभमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८४६ रुपैयाँ नगद जरिवाना गराइएको छ । बैंकले कर्जा–निक्षेप अनुपात २०८० साउनमा पहिलो पटक र भदौमा दोस्रो पटक राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनमा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाएपछि २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जना लगाइएको छ ।
मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार