धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार ११:११:३५
३ फागुन, काठमाडौं । काभ्रे जिल्लाको धुलिखेलमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मुख्य परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
उक्त सम्मेलनमा नेपाल भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको छ । भारतीय विश्वविद्यालय संघको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उक्त सम्मेलनमा १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्हरू लगायत गरेर २३७ जनाको सहभागिता रहेको बताए ।
यसअघि हिजो बुधवार धुलिखेल परिसरमा कला संकाय अन्तर्गत आर्ट एण्ड डिजाइन कार्यक्रमका विद्यार्थीले निर्माण गरेको काठमाडौँ विश्वविद्यालयका सातवटै संकायको विशेषता झल्कने ४२० फिट लम्बाइ तथा २ फिट चौडाइ भएको टेराकोटा मुरल कलाको अनावरण गरिएको थियो ।
विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको उक्त सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार