एसपीहरुलाई निर्देशन दिँदै गृहमन्त्रीले भने, ‘सरुवा र बढुवाका लागि नेता वा बिचौलियाको पछि नलाग्नू’
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १२:३८:३४
३ फागुन, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरूवा भएर जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई दबाब र प्रभावमुक्त भएर इमानदारपूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले सरुवा र बढुवाका लागि अब नेता र चिौलियाको पछि लागेर काम नबन्ने भन्दै त्यसका लागि इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।
बिहीबार बिहान गृह मन्त्रालयमा कार्यकाल सफलताको शुभकामना दिंदै गृहमन्त्री श्रेष्ठले क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरूवा गर्ने नीति अगाडि बढाइसकिएको भन्दै नेता रविचौलियाको पछि नलाग्न भनेका हुन् । बिना संकोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए ।
अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए । प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालयले कुल ७८ जना एसपीहरूको सरूवा सूची सार्वजनिक गरेको थियो । यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि गृहमन्त्री श्रेष्ठले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामुहिक निर्देशन दिए ।
शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिए । लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरूद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्नुपर्ने उनको भनाइ छ ।
विदाई कार्यक्रममा गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित उपस्थित थिए । फागुन १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरूवा गरिएको थियो । केही जिल्ला प्रहरी कार्यालय प्रमुखलाई प्रधान कार्यालयले यसअघि नै काजमा सरूवा गरिसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार