मोटरसाईकलमा आएर श्रीमतीलाई तीन राउण्ड गोली
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार २२:२५:२४
३ फागुन, काठमाडौं । दाङमा एक प्रहरीले नेपाल प्रहरीमै कार्यरत श्रीमतीको हत्या गरेका छन् । बिहिबार साँझ घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमायाँ थापालाई उनकै श्रीमान यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेका हुन् ।
यमबहादुर नेपालगंज स्थित प्रहरी तालिम केन्द्रमा सहायक प्रहरी हवल्दार पदमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, एसपी रामबहादुर केसीले जानकारी दिए ।
घोराही स्थित वडा प्रहरी कार्यालयमा कार्यरत धनमायाँ बिहिबार बेलुका घोराही स्थित दामोदर चोकमा ड्युटिमा रहेका बेला उनका श्रीमान यमबहादुरले तीन राउण्ड गोली हानेका थिए ।
एसपी केसीका अनुसार मोटरसाईकलमा आएका यमबहादुरले धनमायाँ ड्युटिमा भएकै स्थानमा मोटरसाईकल रोकी गोली प्रहार गरेका थिए । ‘मोटरसाईकलमा आएको यमबहादुर झाँक्रीले महिला प्रहरी ड्युटिमा भएकै स्थानमा मोटरसाईकल रोकेर एक्कासी गोली चलाएको रहेछ,’ एसपी केसीले भने ‘महिला प्रहरी माथि तीन राउण्ड गोली प्रहार भएपछि उहाँको मृत्यु भएको हो ।’ गोली प्रहार गरि महिला प्रहरीको हत्या गर्ने यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनि गोली प्रहार गरि घोराहीबाट लमही तर्फ भागेका थिए ।
प्रहरीले उनलाई घोराही लमही सडक खण्डको मसोट जंगलबाट नियन्त्रणमा लिएको हो । घटनाको कारण भने अहिले खुलिनसकेको एसपी केसीले बताए । ‘यो घटनाको एकिन कारण के हो रु अहिले खुुलिसकेको छैन,’ उनले भने ‘गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,उ संग अनुसन्धान गरेपछि सबै खुल्ने छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार