गरूडाको चिनि मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १५:५:५६
सञ्जय मिश्रा
५ फागुन, रौतहट । रौतहटको मध्यभाग गरुडा स्थित हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका हुन सक्ने टोलीको निष्कर्ष रहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेका हुन्।
समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलिले श्रीराम सुगर मिल्सको शुक्रबार स्थलगत अनुगमन निरीक्षण गरेको थियो। संघीय सांसद श्रेष्ठले निरीक्षण पश्चात श्रीराम सुगर मिल्स पुनः सञ्चालन गराउन आफू लागिपरेको बताएका थिए। मिलको सम्पूर्ण उपकरण, साधनस्रोत हुँदा पनि मिल बन्द गर्नु दु:खद भएको बताउँदै पुनः सञ्चालनको लागि उनले प्रतिबद्धता जनाएका थिए।
७ सय भन्दा बढी मजदुर र कर्मचारीलाई प्रत्यक्ष रोजगारी , २० हजार बढि किसान लाभान्वित हुने श्रीराम सुगर मिल्स जिल्लाको लागि धरोहर भएको श्रेष्ठको भनाई छ। मिल बन्द हुँदा सयौं मजदुर कर्मचारी रोजगारी गुमाउनु ,हजारौ किसानलाई आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था भएकाले मिल पुनः सञ्चालनको विकल्प नरहेको उनले धारणा राखेका थिए।
उनले मिल सञ्चालनको निमित समितिमा व्यापक छलफल पछी निर्णय सहीत सरकारलाई सुझाव दिने बताएका थिए। श्रीराम सुगर मिल्स लिमिटेड संचालन संघर्ष समितिले उद्योग सञ्चालन गराउन संसदीय समिति टोलिलाई ज्ञापनपत्र समेत बुझाएका थिए।
अनुगमनको क्रममा टोली संयोजक किसान श्रेष्ठ, उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, पूर्व मन्त्री डाक्टर बंशिधर मिश्र, नेकपा एसकी नेत्री सरला यादव,गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल् प्रहरीका एसपी महेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, मेयर प्रत्यासी बृज किशोर यादव,उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, लगायतको सहभागिता रहेको थियो।
तत्कालीन उद्योगी दिवाकर गोल्छाको नेतृत्वमा २०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङ सुरु गरेको श्रीराम सुगर मिल्स लगातार २० बर्ष सम्म नाफामा रहेको थियो। संस्थापक उद्योगी गोल्छाको निधन पछि उनको छोरा दिवाकर गोल्छाले नेतृत्व लिएपछि मिल घाटामा गएको भन्दै केही वर्ष अघि अर्का उद्योगी विशाल अग्रवाल लाई मिलमा साझेदार बनाएको थियो।
बर्षेनी घाटा देखाउँदै आएका उद्योगले २०७७ साउन ११ गते एउटा सूचना जारी गर्दै श्रीराम सुगर मिल्स सदाका लागि बन्दको घोषणा गरेको थियो। उद्योगले नेपाल बैंक लगायत बैंक सँग अनियमित तरिकाले गरेको टेण्डर रद्द गरी मिल पुनः सञ्चालन गर्नुपर्ने अडान राखेका छन्।
उनीहरूले मिल स्थापनाका लागि कौडिको भाउमा ८५ बिघा जग्गा दिएकाले जसरि भएपनि सञ्चालन हुनुपर्ने बताउँदै आएका छन।
तीन दशक अगाडी किसानहरूले उद्योगीलाई प्रति कट्ठा मात्र ७ हजारको दरले ८५ बिघा जमिन उपलब्ध गराएको थियो। अहिले उक्त जग्गाको मुल्य प्रती कट्ठा ४ करोडको हाराहारीमा पुगेकोले उद्योगले अहिले सस्तोमा किनेको सो जग्गा महँगोमा बिक्री गरि भाग्न खोजेको किसानहरूले आरोप लगाउँदै मिल तथा जग्गा बिक्रीमा रोक लगाएका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार