पेट चिरेर गरिने अप्रेशनलाई विस्थापन गर्दै दूरविन प्रविधि
आबिद हुसेन
फागुन ५, २०८० शनिबार १५:५२:३९
५ फागुन, वीरगञ्ज । शल्यक्रिया गर्दा अधिकांशको रोजाईमा पर्ने प्रविधि हो दूरविन प्रविधि 'ल्याप्रोस्कोपी विधि'। यस विधिमा पेटमा स–साना घाउ बनाइ दुरविनका मद्दतले पेटभित्रका कुनै पनि अंगमा भएका समस्यालाई हेर्न र उपचार गर्न सकिन्छ ।
जर्मनीबाट सुरु भएको ल्याप्रोस्कोपी सर्जरी नेपालका विभिन्न शहरहरूमा पनि भइरहेको छ । यो सर्जरीले पेट चिरेर गरिने परम्परागत सर्जरीलाई विस्थापन गरीरहेको छ । पेट सम्बन्धी सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीको माध्यमबाट गर्न सकिने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिरेन्द्र भगत बताउँछन् । डा. भगतका अनुसार पेटमा कुनै पनि रोग लागेको अवस्थामा दूरबिन 'क्यामरा' को सहायताले सानो–सानो '१० एमएम' र ५ एमएम जतिको प्वालबाट औजार छिराएर गरिने शल्यक्रियालाई दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया भनिन्छ ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा क्यान्सर रोग विशेषज्ञ डा. भगतले भने, ‘सुरुमा मेशिनबाट हावा भरेर पेटलाई फुलाईन्छ, र पेटभित्रको भागलाई हेर्नका लागि हामी क्यामरा छिराउँछौ । क्यामराको सहायताले मोनिटरमा पेटभित्रको सबै अवस्था देखिन्छ । र त्यही हेरेर हामीले औजार चलाएर शल्यक्रिया गर्छौ ।’
पेट चिरेर शल्यक्रिया गर्दा ठूलो चिरा लगाइन्छ । तर दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा पेटलाई धेरै चिर्नै पर्दैन । तसर्थ पेट चिरेर गर्नुभन्दा दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा बाहिरको दाग र घाउ सानो हुन्छ ।
डा. भगतका अनुसार प्वाल सानो हुने बित्तिकै दाग पनि सानो हुन्छ र चिरा सानो हुँदा दुखाई पनि कम हुन्छ । यो प्रविधिबाट शल्यक्रिया गर्दा रगत बग्ने, रगत चढाउने अवस्था अत्यन्तै न्यून हुने उनी बताउँछन् । घाउ पाक्ने सम्भावना पनि एकदमै कम हुनुका साथै शल्यक्रियाबाट हुन सक्ने विभिन्न जटिलताहरू पनि हुँदैनन् ।
उनी भन्छन्, ‘पेट चिरेर शल्यक्रिया गर्दा अस्पतालमा पनि धेरै दिनसम्म बस्नुपर्छ, घर गएपछि पनि १ महिना जति कम्तीमा आराम गर्नुपर्छ । पछि पनि कुनै समयमा दुख्ने, घाउ पाक्ने जस्ता समस्याहरू देखिन्छन् । तर दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा ९० प्रतिशत बिरामी १ दिनमै घर फर्किन्छन् । र बढीमा १ हप्तापछि घरको सबै काम गर्न सक्छन् ।’
दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा महंगो भयो भन्ने प्रश्न पनि उब्जिन्छ । शल्यक्रिया शुल्क पेट चिरेर गर्दाको तुलनामा महंगो हुन्छ । यसमा मोनिटर लगायतका विभिन्न उपकरणको प्रयोग गरिएको हुँदा अप्रेशन चार्ज बढी हुन्छ । तर दुवै शल्यक्रिया गर्दाको जम्मा खर्च गर्ने हो भने दूरबिन प्रविधि सुरक्षित र विश्वसनीय मानिन्छ । अस्पतालमा धेरै दिन बस्दाको शुल्क, लामो समयसम्म औषधी सेवन गर्दाको शुल्क लगायतका सबै खर्च जोड्दा दुवै उस्तै उस्तै हुने उनको भनाई छ ।
दूरबिन प्रविधिबाट पाठेघर सम्बन्धी जुनसुकै रोग 'धेरै रगत बग्ने, मासु पलाएको' पाठेघरबाहेक अण्डाशय, पाठेघर बाहिर पनि बच्चा बस्न सक्ने अवस्था हुने वा बच्चा फुटेर पेटभरी रगत बग्ने लगायतका सबै किसिमका समस्याको शल्यक्रिया गर्न सकिने डा. भगतको भनाई छ । साथै पत्थरी लगायत पेट भित्रका सबै किसिमका समस्याहरू यसै प्रविधिबाट शल्यक्रिया गरेर उपचार गर्न सकिने उनले बताए । पेटभित्र पलाएको मासु सानो छ भने पाठेघरकै मुखबाट निकाल्न सकिने बताउँदै डा.भगतले भने, ‘यदि पाठेघरको मुखबाट निकाल्न सम्भव भएन भने हामी मोर्सलेटर नामक यन्त्रको प्रयोग गरेर मासुलाई किमा बनाएर निकाल्छौ ।’
निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्लो पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण तथा पाठेघरमा हुनसक्ने विकृति पत्ता लगाउने जस्ता स्त्री रोगसम्बन्धी स्वास्थ्य समस्या निदानमा ल्याप्रोस्कोपी प्रविधिद्वारा उपचार गर्न सकिने डा.भगतले बताए ।
उपचारका लागि पछिल्लो पटक भित्रिएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दोमध्ये एक भएको उनले दाबी गरे । एनका अनुसार उच्च गुणस्तरका क्यामराका सहायतामा टीभीको दृश्यमा हेरेर गरिने शल्यक्रिया भएकाले पुरानो विधिबाट गरिने भन्दा यो विधिबाट गरिने शल्यक्रिया विश्वसनीय छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार