कांग्रेस वरिष्ठ नेता कोइरालासँग सुदूरपश्चिमका जिल्ला सभापतिहरुको महासमिति बैठकबारे छलफल
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार ११:१६:३४
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको महासमिति बैठक सुरू हुनुअघि सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । उनले महासमिति बैठकमा पेश हुने एजेण्डा र पार्टीको आन्तरिक विषयमा छलफल गरेका हुन् ।
सोमबार विहान कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा छलफल भएकबो हो । छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए ।
कोइराला महासमिति बैठकमा पार्टी उपसभापति तथा महामन्त्रीहरूले पेश गर्ने राजनीतिक दस्तावेजहरूसँग सन्तुष्ट छैनन् । उनले महासमिति बैठकमा चुनावी गठबन्धन, निर्वाचन प्रणाली र भ्रष्टाचारका विषयमा महासमिति सदस्यहरुलाई कडा रुपमा प्रस्तुहुन निर्देशन दिएका छन् ।
आजदेखि ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ । बैठकको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । त्यसअघि कोइरालाले सभापतिहरुसंग छलफल गरेका हुने आइतबार उनले महासमिति सदस्यहरुसंघ छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार