वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू लगाइयाे
आबिद हुसेन
फागुन ७, २०८० सोमबार १७:१५:४३
७ फागुन, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।
सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक विज्ञप्ति जारी गर्दै सोमबार बेलुकी ५ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जानकारी गराएका छन् ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा पनि सोमबार दुई फरक धर्म समुदाय बिच ठाँउ–ठाँउमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशको सूचनामा वीरगन्जको सिमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल,उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र महानगरको क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ ।
यसअघि सोमबार दिउँसोदेखि केही हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबीच ठाँउ ठाँउमा झडप भएको थियो । यस्तै हिन्दुवादीहरुले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस्तै हिन्दुवादीहरुले जुलुस निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
तर त्यसपछि वीरगन्जकै इदगाह चोकमा मुस्लिम समुदायका केही युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भिड तितरबितर पार्न १० राउन्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।
यसअघि हिन्दु समाज नामक समूहको अगुवाइमा हिन्दुवादीहरुले रौतहट,महोतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने
बैशाख १६, २०८१ आइतबार
काठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
बैशाख १६, २०८१ आइतबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार