सरस्वती मूर्ति विसर्जन भएपनि रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत, जिल्ला प्रशासनद्वारा ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार ९:२१:४५
८ फागुन, रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु भने यथावत रहेको छ। उक्त विषयलाई लिएर मंगलबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।
पर्साका सीडियाे दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ। वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बताए।
ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यु अवधिभित्रै विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डीएसपी यज्ञविनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।
साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको सात सय प्रहरी हालसम्म फिर्ता भएका छैनन्।
ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत शनिबार दुई पक्षीय सहमति भएको थियो ।
सहमति अनुसार मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्त्रणमा लिन सीडियाे हिरालाल रेग्मीले एक सूचना जारी गर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुने गरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यु अवधिमै उच्चश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।
सीडियाे रेग्मीले एक सूचना जारीगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए।
पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारी भएको कर्फ्यु हालसम्म यथावत छ।
मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डीआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति विसर्जन गर्ने काम भएको छ। हाल अवस्था सामान्य हुँदै गएको छ। पूर्ण रुपमा सामान्य भएपछि क्रमशः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए। त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इराकी टिकटक स्टार फहादको गोली हानी हत्या
बैशाख १६, २०८१ आइतबार
सुनको मुल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख १६, २०८१ आइतबार
अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनी
बैशाख १६, २०८१ आइतबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
बैशाख १६, २०८१ आइतबार
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता
बैशाख १६, २०८१ आइतबार