२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार ११:५४:३५
९ फागुन, रोम । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ । वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन ।
समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् ।
ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् ।
समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन् भन्ने तर उनले झुटो कुरा बोलिरहे ।
स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएको समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात् उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा यो लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्याउने धोखाधडीको अपराध गरेकी छिन् ।
पिज्जिनाटोले हल्का सजायको बदलामा महिला विरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको छ । उता, महिला भने पाँच सन्तान जन्माएको र धेरै नै पटक गर्भपतन गराएको कुरामा अडिग रहेकी थिइन ।
यद्दपी, स्थानिय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाई आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार