पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार १९:२६:४९
९ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो ।
आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् ।
सो विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ । सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार