आजकाे तरकारी तथा फलफूलको भाउ
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १०:५३:३६
१० फागुन,काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किबी ४००, एभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुई ऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय सानो गोलभेँडा २५, अदुवा २००, रातो आलु र रातो भारतीय आलु ३२ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ६०, कागती २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मुला ३० र रातो मुला ३५ रुपैयाँमा कारोबार हुँदा टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ८० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली २५, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ११० र हरियो धनियाँ ६० रुपैयाँ पाइने समितिले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार