लक्ष्मी सनराइज बैंक अध्यक्षबिहीन बन्यो, कुलिङ पिरियड लाग्ने भन्दै नेपालको शपथ रोकियो
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १७:४०:३८
११ फागुन, काठमाडौं । सधैं लफडै मात्र परिरहने लक्ष्मी सनराइज बैंकमा यतिबेला अध्यक्ष पद बेवारिसे बन्न पुगेको छ । गत पुस २६ गते सम्पन्न बैंकको २३ औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो । निर्वाचन पश्चात् सोही दिन हतारमा बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक निकाय राष्ट्र बैंकले नेपाललाई अध्यक्षका लागि तत्काल अयाेग्य भन्दै तत्काल काम नगर्न निर्देशन दिएको हो ।
बैंकले बैंक तथा वित्तीय संस्था ऐन बमोजिम नयाँ सञ्चालक तथा अध्यक्षहरूको जानकारी राष्ट्र बैंकलाई गराएको भएपनि नेपाललाई तत्काल अध्यक्ष बन्न कानुनतः नपाउने भन्दै शपथ खुवाउन अस्वीकार गरेको हो । राष्ट्र बैंकले उनीमाथि कुलिङ पिरियड लाग्ने भन्दै शपथ रोकेको बताएको छ ।
यसअघि नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै संस्थापक शेयरधनीको तर्फबाट लक्ष्मी बैंकको अध्यक्ष रहेका उनी मर्जर पश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष बनाइएका थिए । नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश भएको ६ महिना नपुगेको भन्दै उनलाई राष्ट्र बैंकले अध्यक्ष हुन रोकेको हो । नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट उनी स्वतः बाहिरिएका थिए । तर गत पुस २६ गते भएको बैंकको साधारणसभाले उनलाई संस्थापक शेयरधनी कै रुपमा सञ्चालकमा निर्वाचित गरेको थियो ।
बैंक तथा वित्तीय संस्था ऐनको दफा २५ अनुसार सञ्चालकले आफू नियुक्ति भएको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ । सोही व्यवस्था अनुसार बैंकले जानकारी गराए पनि नागरिक लगानी कोषबाट बाहिरिए लगत्तै अध्यक्ष बन्न नपाउने भन्दै शपथ रोकिएपछि यतिबेला लक्ष्मी सनराइज बैंक अध्यक्षबिहीन बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन
बैशाख २३, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
बैशाख २१, २०८१ शुक्रबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार