लैनचौर चियापानमा कांग्रेस नेताको बाक्लो जमघट
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १२:१३:१६
१२ फागुन, काठमाडौं । गोदावरीमा नेपाली कांग्रेसको महासमितिको बैठक सम्पन्न भएको उपलक्ष्यमा नेता डा. शशांक कोइरालाले शनिवार राखेको चियापानमा नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । काठमाडौंको लैनचौरमा राखिएको चियापानमा पार्टी सभापति शेरबहादुर देउवादेखि विभिन्न जिल्लाबाट आएका महासमिति सदस्य र नेताहरूको उपस्थिति रहेको थियो ।
बिहान ८ बजेदेखि सुरु चियापानमा ११ बजेसम्म चलेको थियो । जमघट बढि भएकाले क्याटरिङलाई नास्ता र चिया पुर्याउन निकै हम्मे परेको थियो । जेरी, पुरी र तरकारी राखिएको ठाउँमा लाइनमा बसेकाहरूले लामै समय कुरेर भएपनि नास्ता लिएका थिए । चियापानमा आएका नेता तथा कार्यकर्तालाई डा. कोइरालाले स्वागत गरेका थिए ।
उनले उपस्थित नेताहरूलाई कांग्रेस एक भएर नलागेसम्म मुलुकको भविष्य उज्जवल नहुने बताए । उनले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसले चुनाव नहार्ने बताए । उनले कांग्रेस एक ढिक्का भएर अघि नबढेसम्म देशमा कुनै परिवर्तन आउन नसक्ने बताए ।
कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताए । महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ, उनले भने, ‘कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन सक्दैन ।’ कांग्रेस संखुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द्र यादव चिली जाँदै
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
देशभर बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २२६ पुग्यो
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
असोज १५, २०८१ मंगलबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार