बुक फ्री फ्राइडे ( फोटो फिचर )
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १५:४६:२२
१२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको बुक फ्री फ्राइडे हरेक शुक्रबार गर्ने अभियान अन्तर्गत यो शुक्रबार टेकुको ओन्देमा रहेको श्री सरस्वती निकेतन माविमा विद्यार्थीलाई सरसफाइ सम्बन्धी कार्यबारे व्यवहारिक ज्ञान दिइएको छ ।
वातावरणीय स्वच्छता कायम गर्न आफू बस्ने ठाउँको मात्रै सफाइ नभइ आफू बस्ने वातावरण पनि सफा राख्नुपर्छ भन्ने व्यवहारिक ज्ञान दिनको लागि सरसफाइ सम्बन्धी व्यवहारिक क्रियाकलापको आयोजना गरिएको हो ।
शुक्रबार दिउँसो स्कुलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब २०० विद्यार्थी, प्रधानमन्त्री स्वरोजगार योजनाका तर्फबाट २० र १२ नम्बर वडा कार्यालयबाट २० जना कर्मचारी सहित स्थानीयको समेत उपस्थितिमा सफाइ अभियान चलाइएको हो ।
“हामीले आफ्नो वातावरण सफा राखेमा मात्रै आफु बस्ने ठाउँ पनि सफा हुन सक्छ भन्ने सिकाउनको लागि यो अभ्यास गराएका हौं । जस अन्तर्गत विद्यार्थीले आफ्नो शैक्षिक संस्थाको २०० मिटर क्षेत्र सफा गरेका हुन् । सफाइ गरिसकेपछि निस्कने फोहोर व्यवस्थापन पनि सफाइको अर्को पाटो हुन्छ । त्यो पाटोलाई पनि सम्बोधन गर्ने किसिमले हामीले फोहोरको वर्गीकरण र यसको व्यवस्थापनबारे पनि प्रयोगात्मक सिकाइको अभ्यास गरेका छौं ।” का। म। न। पा वडा नं १२ का वडाअध्यक्ष बाल कृष्ण महर्जनले भने ।
शुक्रबार आयोजना गरिएको सिकाइ अभ्यास फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको निजी संस्था इन्फो नेपाल र काठमाडौं महानगरपालिकाको प्रत्यक्ष संलग्नता थियो । उक्त सिकाइ अभ्यासमा करिब ३०० जनाको प्रत्यक्ष उपस्थिति थियो ।
तस्विर : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार