सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आजदेखि आवेदन खुला
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार ११:३१:५६
१३ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । यसले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको र बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यसमा आवेदन दिन सक्नेछन् । यसमा एक जनाले न्यूनतम् ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यसको रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार