पर्यटनमन्त्री किराँतीले जहाज खरिदमा १८ करोड कमिसनको सेटिङ मिलाएका छनः खतिवडा
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १३:४८:२३
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरणमा १८ करोड कमिसनको सेटिङ मिलाएको दावी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धराशायी बनाउन खोजेको आरोप लगाए । उनले निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट वाइड बडी र न्यारोबडी जहाज खरिद गर्दा लिएको ऋणको ब्याज समेत समयमा तिर्न नसकेको बताए ।
निगममा दुई वाइडबडी, दुई न्यारोबडी र दुई ट्विनअटर गरी अहिले ६ वटा जहाज छन् । जसमध्ये एउटा न्यारोबडी लामो समयदेखि उडानमा छैन । निगममा १२ सय स्थायी र ८०० करारमा कर्मचारी छन् । वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्ति गरेका छन्, उनले भने ।
नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी' भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा सेटिङ मिलाएको सूचना आफूलाई प्राप्त भएको उनले बताए ।
नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको बताए ।
मन्त्री किराँती भने लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको सांसद खतिवडाले आरोप लगाए । ‘मन्त्री ज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’ सांसद खतिवडाले पर्यटनमन्त्री किराँतीमाथि प्रश्न उठाए ।
सांसद खतिवडाले मन्त्री किराFतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा लाहारक्याल लामालाई नियुक्त गरेको विषयमा पनि प्रश्न उठाए । खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराँती लागेको पनि जिकिर गरे । किराँतीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद फरार
बैशाख १८, २०८१ मंगलबार
जलहरीको सुनमा अनियमितता गरेको आरोप लागेका तीनै जनाले पाए सफाई
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार