ओम अस्पताल लगायत चार अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १८:२८:२१
१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ ।
महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।
कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।
फोहर सङ्कलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका सङ्घघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
“ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक अवस्था देखिएको छ,” श्रेष्ठले भने, “सङ्क्रमित फोहरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहरको सम्बन्धमा निर्णय गरिनेछ ।’
फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कामपाले विगत दुई हप्तादेखी अस्पतालजन्य फोहरको नियमित अनुगमन र आवश्यक निर्देशन दिदैँ आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ । साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार