भूकम्पप्रभावित तीन हजारले लिए प्रजनन स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार ११:३४:४२
१४ फागुन, रुकुम पश्चिम । बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त संख्यामा सेवा लिएका हुन् ।
नेपाल परिवार नियोजन संघको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मंसिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार आठ सय ७० भूकम्पप्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिए । उनका अनुसार शिविरबाट दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना अपसंख्यक नागरिक लाभान्वित भएका छन् ।
यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच एक हजार छ सय ७४, स्त्रीरोगसम्बन्धी सेवा दुई हजार दुई सय २९ जनाले सेवा लिएका थिए । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार दुई सय ४३, परिवार नियोजनको लामो अवधिको सेवा एक सय ९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, दुई सय छ बालबालिका, गर्भवती तथा सुत्केरीसम्बन्धी सेवा एक सय ६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी दिए ।
त्यस्तै शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौजना को एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो । भूकम्पप्रभावित ती दुई पालिकामा सञ्चालित एक सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार सात सय ९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन संघका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीले जानकारी दिए ।
गत मंसिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त संख्यामा नागरिकले सेवा पाएका हुन् । रुकुम पश्चिमका ती दुई दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट सात हजार तीन सय भूकम्पप्रभावित नागरिकले सेवा लिएको संख्या अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार