सगरमाथा अस्पताल रौतहटवाट ३ नक्कली डाक्टर पक्राउ
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १८:५५:७
१४ फागुन, रौतहट । रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।
यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा।लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो। तबरेज आलम र यमुनामाई गापा वडा नं। २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनीहरुलाई गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन।
उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र माँग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन । पछिल्लो समय रौतहटमा बिना दर्ता ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा संचालित त्यस्ता अस्पतालहरुको अनुगमन नगर्दा सैयौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन। रौतहट स्थित सञ्चालित निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न जिल्लाबासीले माग गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार