टी-२० त्रिकोणात्मक सिरिज: उद्घाटन खेल नेपाल र नामिबियाबीच हुने
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार ८:५३:१
१५ फागुन, काठमाडौं। नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् ।
त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।
खेल तालिका
नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते बिहिबार ।
नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार