नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १२:२३:२९
१५ फागुन, वीरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् ।
दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरको गाउँपालिकाका प्रमुख शम्भु कुमार सिंहले उद्घाटन गरेका थिए । कलेजले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा गाउँपालिका प्रमुख सिंहले प्रसंशा गरे ।
शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सक सहित नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविर आएको थाहा पाएपछि उक्त पालिकाका गाउँगाउँबाट बिरामीहरु पुगेका थिए ।
नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा.इशर्त जहान अन्सारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५ सय जनाको इसिजी र ११ सयको इको गरिएको थियो ।
यस्तै, कलेजले फागुन १२ गते बारा जिल्लाको कोल्हवीमा प्रसुति तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ५ सयबढी महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा ५० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई नेशनल मेडिकल कलेजको प्रसुति तथा स्त्री रोग विभागका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
शिविरबाट उक्त क्षेत्रका प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरू बढी लाभान्वित भएका थिए । कलेजको स्वास्थ्य सेवालाई समुदाय स्तरसम्मै पुर्याउन समयसमयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने गरिएको छ ।
२०५६ साल भदौ ३२ गतेदेखि औद्योगिक नगरी विरगञ्जमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेजको अध्यक्षमा वरिष्ठ सर्जन प्रा।डा। जैनुद्दिन अन्सारी छन् । कलेजले मधेस प्रदेशका जनता र सिमावर्ती भारतीय क्षेत्रका लाखौं नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार