चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १४:२४:५४
१५ फागुन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उनका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गरेका छन् ।
मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उनकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार रु छ लाख १० हजार र ओखरबोट माविलाई रु दुई लाख एक सय ५३ सहयोग गरेका हुन् ।
चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताए । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुप¥यो,” उनले भने, “हाम्रा नातिनातिनाले सहज रुपमा गाउँमै शिक्षा हासिल गर्ने वातावरण मिलोस् भनेर चौरासी पूजाको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरिएको हो ।”
उनीहरुले आइतबार सिद्धार्थ मावि र सोमबार ओखरबोट माविमा रकम हस्तान्तरण गरेका हुन् । सो रकम अक्षयकोषमा जम्मा गरिने सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनमगरले बताए । दलबहादुर सोही विद्यालय व्यवस्थापन समितिमा २० वर्षभन्दा बढी समय आबद्ध भएका थिए।
बेलायती सेनाबाट अवकाश प्राप्त पूर्वगोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नाका साथै च्युरीबोटमा खानेपानी आयोजना भित्रिएको थियो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित अक्षयकोषमा हालसम्म रु ३० लाख २४ हजार छ सय ४३ रकम जुटेको सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तिमगरले बताए ।
दुईवटै विद्यालयले सहयोगदाता दलबहादुरका परिवारलाई सम्मान गरेका छन् । ओखरबोट माविमा दुई सय १६ र सिद्धार्थ माविमा विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । यसअघि गत पुस १० गते च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार