लेखा समितिले अख्तियारलाई भन्यो, ‘गैरआर्थिक भ्रष्टाचारको पनि अनुसन्धान गर्नू’
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १७:४०:५६
१५ फागुन, काठमाडौं । सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारको पनि प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
लेखा समितिको मंगलबारको बैठकमा अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग छलफल पछि यस्तो निर्देशन दिइएको हो । लेखा समितिले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने, गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने भनेको छ ।
समितिले अख्तियारलाई विभिन्न समयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र अभियोजन प्रक्रियामा लैजान दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, कार्यप्रगतिका विषयमा आयोगका प्रमुख राईलाई सोधेको थियो । समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरूले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययन÷अनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ,’ सभापति पोखरेलले भने, ’यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न÷गराउन समितिको यो बैठक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद फरार
बैशाख १८, २०८१ मंगलबार
जलहरीको सुनमा अनियमितता गरेको आरोप लागेका तीनै जनाले पाए सफाई
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार