झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार २२:३९:२२
१५ फागुन, झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताए।
“सङ्क्रमण दर धेरै भएकाले एक जनामा पनि दादुरा देखिनु खतरा हो”, उनले भने, “जिल्लामा व्यापकरुपमा खोप अभियान चलाइएको हो ।”
जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएका छन् । अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ ।
अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनकी डा सङ्गीता शाहले ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताए । “बालबालिकामा इम्युनिटी पावर कम भएका बेला बाहेक अरु बेला खोप लगाउन सकिन्छ”, उनले भने ।
झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ । झापामा सन् २०२४ को जनवरीमा आठ बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो । झापा गाउँपालिकामा ६ जना तथा बिर्तामोड र दमक नगरपालिकामा एक÷एक जनामा सङ्क्रमण देखिएको खोप अधिकृत पोखरेलले बताए।
अभिमुखीकरण गोष्ठीमा पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खोप अभियानलाई तल्लो तहसम्म पु¥याउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीले समेत अभियान सफल बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जिल्लामा खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन
बैशाख २५, २०८१ मंगलबार
गुठी पीडित किसानको राष्ट्रिय सम्मेलन
बैशाख २५, २०८१ मंगलबार
बागमती प्रदेशमा युवा सम्मेलन आयोजना गर्ने
बैशाख २५, २०८१ मंगलबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार