किसान मैत्री बन्दै कोशी प्रदेश सरकार
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १३:३८:४८
यज्ञप्रसाद भट्टराई
नेपाल किसानै किसान भएको मुलुक हो । कृषि बिना देशको बिकास नै सम्भव छैन । विश्व ढुंगे युगवाट बिकासको उपल्लो खुटकिलो उक्लिसक्दा पनि हामी भने पुनः कृषि पेशा तर्फ नै फर्किनु परेको अवस्था छ । विगतमा कृषिसँगै औद्योगिकीकरणको चरणमा प्रवेश गर्न बामे सर्दै गरेको मुलुकका उद्योगधन्दाहरू अनेक बहानाबाजी बनाएर एकपछि अर्को गर्दै बेची खाने जनताका प्रतिनिधिहरुलाई नेपाली जनताले अत्यन्तै धेरै बिश्वास र भरोषा गरेर संसद भवनमा पठाएपछि देश फेरि मुसिको भव भन्दै कृषि पेशालाई नै जीवन जिउने आधार बनाएर पाखा पखेरा कोट्याउने अवस्थामा पुर्याएको छ । अहिले कृषि नै नेपाली जनताको एकमात्र बाँच्ने आधार भएको हो ।
देशमा रहेका आशालाग्दा नेताहरुकै पटकपटकका अविश्वसनीय तथा बिवादास्पद अभिब्यक्तिले आम कार्यकर्ता र नेपाली जनतामा नैराश्यताका काला बादलहरु मडारिनु स्वभाविक हो । बर्तमानको अर्थब्यबस्थाको कहालिलाग्दो अवस्थामा नेपाली जनतालाई सान्त्वना दिनुपर्ने राजनीतिक दलका नेताहरुका उडिबतास अभिब्यक्तिले अभाव र दवावमा रहेका नेपाली जनतालाई घाउमा नुन छर्कने काम मात्रै भएको देखिन्छ ।
सार्वजनिक समारोहमा राजनीतिक दलका नेताहरू नै जनताले पत्याउनै नसक्ने अभिब्यक्ति दिइरहदा नेपाली जनता दर्शक दीर्घामा बसेर परर ताली पड्काउँदै अमिलो डकार निकाल्नुको पनि अब विकल्प रहेन । किन यस्तो गैरजिम्मेवारी अभिव्यक्ति दिनुहुन्छ नेताज्यू भनेर प्रश्न गर्ने साहस राख्न पनि त हामी जस्ता भूइमान्छे जनताको ओैकात पनि भएन ।
अहिले देशमा एउटै मात्रै उद्योग तथा कम्पनी फस्टाएको छ त्यो हो नेता उत्पादन कम्पनी । नेता उत्पादन कम्पनी भने यो देशमा अझै केही वर्ष राम्ररी नै फस्टाउने सम्भावना बढेर गएको देखिन्छ । उत्पादन भएका नेताले जनताको पक्षमा राम्रा काम गरे पनि त राम्रै हुन्थ्यो । तर सबै उत्पादित नेताहरूको कच्चा पदार्थ नकारात्मक सोच र देश लुटने अभियान मात्रै परेका हुँदा देश र जनताका पक्षमा भन्दा भ्रष्ट तस्कर र मानव बेचविखनका पक्षमा मात्रै काम गर्ने भएका कारण नेपाली जनताले अझै केही वर्ष थप दुःख अभाव, अन्याय, दमक, शोषण र अत्याचार सहनै पर्ने बाध्यता रहेको देखिन्छ ।
सवै औसीका अँध्यारो मात्रै हुदैन, कुनैकुनै ओैसी दीपावली झै उज्यालो पनि हुन्छ भनेझैं कालो बादलको बिचमा चाँदीको सेतो घेरा देखिएझैँ कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय केदार कार्कीले भने अहिले बेग्लै धारबाट प्रदेश सरकार सञ्चालन गर्ने संकेत देखाएका छन् । सरकार गठनका १०० दिनभित्रै कोशी प्रदेशका १० वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई निःशुल्क उपचार गराउने कानुन गरी कार्यान्वयन समेत गराइसकेका कार्कीले कोशी प्रदेशमै हृदय रोगको निःशुल्क उपचार गराउने प्रबन्ध समेत मिलाइसकेका छन् ।
‘गर्दा के हुँदैन ?’ भन्ने सकारात्मक सोचका साथ अघि बढेका मुख्यमन्त्री कार्कीलाई काम गर्न त्यति सहज अवस्था भने छैन । आफ्नै पार्टीभित्रको एउटा समूहबाट निरन्तर प्रहार सुरु भएपनि उनले आफ्ना खुट्टा कमाएका छैनन् । लक्ष्य बिर्सिएका छैनन् । जनतासँग गरेका वाचा बिर्सिएका छैनन् जनताका कहाली लाग्दा समस्याहरुलाई अन्देखा गरेर आफ्नो व्यक्तिगत फाइदाका लागि काम गरेका छैनन् । जनताका सुखदुःखका साथि बनेर जनताकै घरआँगनमा पुगिरहेका छन् ।
कोशी प्रदेश नेपालकै सबैभन्दा बढी हात्ती प्रभावित प्रदेश हो । भारतीय जंगली हात्तीबाट यस प्रदेशका किसानहरू अत्यन्तै धेरै प्रभावित भएका छन् । भारतीय जंगली हात्तीको निरन्तरको आतंक र आक्रमणबाट कैयौं नागरिकहरुले ज्यान समेत गुमाई सकेको अवस्था र लगाएको कृषि तथा नगदे बाली सबै नष्ट गरिदिएपछि कोशी प्रदेशका अधिकांश जनता अहिले चरम खाद्य संकट र परिवारमा रहेका छन् ।
प्रदेशका नागरिकहरूको यस्तो रोदन र क्रन्दन सुन्न नसकी कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्की अहिले हात्ती प्रभावित क्षेत्रको पैदल यात्रामा निस्किएका छन् कांग्रेस भनेको किसानको पार्टी हो भन्ने अनि राजधानीमा बसेर बिचौलियाको चक्रव्युहमा फस्ने नेतृत्वको खराबीलाई चिर्दै मुख्यमन्त्री कार्कीले किसानका पक्षमा लिएको यस कदमबाट कोशी प्रदेशका जनता अत्यन्तै धेरै उत्साहित भएका छन् ।
किसानका घर आँगनमा पुगेर किसानका समस्या बुझ्ने किसानलाई हौसला प्रदान गर्ने, किसानका समस्या समाधान गर्न कार्यक्रम र बजेट समेत विनियोजन गर्ने प्रतिबद्धताले कोशी प्रदेश सरकार किसान मैत्री सरकारका रुपमा चर्चित हुन थालेको छ ।
मागेर मुलुक बनाउनेदेखि उद्योग बेचेर आत्मरतिमा बहादुरी जनाउने सबै नेतृत्वलाई पछाडि पार्दै कोशी प्रदेशका मुख्यमन्त्री महामानव विश्वेश्वरप्रसाद कोइरालाले देखाएको किसानमैत्री मार्गमा अगाडि बढिरहेका देखिन्छन् । देशमा रोजगारका सम्भावना शून्य भएपछि बाध्य भएर युवाहरु विदेशिने क्रम दैनिक रुपमा बढोत्तरी भएपछि युवाहरुलाई कृषिको माध्यमबाट रोक्ने सोचले समेत मुख्यमन्त्री कार्की कृषि र किसानप्रति अत्यन्तै धेरै सकारात्मक भएको देखिन्छ ।
मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेशका समस्त किसान संघसंगठनहरू साथ दिन तयार रहेको अवस्थामा अबको कृषि बजेटमा किसानका थप कार्यक्रम र आवश्यकतालाई पूरा गर्न सक्ने हो भने कोशी प्रदेश देशका सातवटै प्रदेशमा अब्बल हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती
बैशाख २०, २०८१ बिहिबार
सूचना तथा सञ्चार प्रविधि दिवस प्रविधिबाट प्रभावित बन्दै ‘सन्देश’ निर्माणको प्रक्रिया
बैशाख २०, २०८१ बिहिबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार