हुण्डीमार्फत अरबौं राजश्व छलीको अनुसन्धान सुस्त, चामलका नामुद व्यापारी सिंगापुरीमाथि कारवाही होला ?
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:४९:२४
१७ फागुन, विराटनगर । पटक पटक कालोबजारी र राजश्व छलीमा कारवाही तोकिँदै र उन्मुक्ति पाउँदै आएका विराटनगरका नामुद व्यापारी राजेन्द्रप्रसाद अग्रवाल (सिंगापुरी) लाई यसपटक राजश्व अनुसन्धान विभागले राम्रै कारवाही गर्ने तयारी गरिरहेको बुझिएको छ । गत वर्ष पनि प्रहरीले समातेर राजश्वमा बुझाए पनि माथि भनसुन गरेर उनी बचेका थिए । सिंगापुरीमाथि राजश्व छली र कालोबजारीको आरोपमा कारवाही हुने भएको हो ।
गत वर्ष काठमाडौंको छाउनीबाट विभिन्न ब्राण्डका म्याद सकिएको चामलको बिक्री गर्दै गरेको अवस्थामा विशेष प्रहरीले सेन्चुरी प्रोडक्टका सञ्चालक यस अग्रवाललाई पक्राउ गरी राजश्व अनुसन्धान विभागमा आवश्यक कारबाहीका लागि बुझाएको थियो । तर सो प्रकरणमा अहिलेसम्म पनि कुनै कारवाही चलाइएन । अहिले राजश्व अनुसन्धान विभागले यो अनुसन्धानलाई अगाडि बढाउने तयारी गरेको छ ।
व्यवसायीक कारोबार दर्ता आन्तरिक राजश्व कार्यालय विराटनगरमा कायम रहेको सेन्चुरी प्रोडक्टको मुख्य सञ्चालकको रुपमा चामलको कारोबार गर्दै आएका राजेन्द्रप्रसाद अग्रवाल (सिंगापुरी) लाई अहिले राजश्व अनुसन्धानले खोजिरहेको छ । गत वर्ष काठमाडौंमा पक्राउ परेका यस अग्रवाल उनैका सहोदर छोरा हुन् । व्यवसायीका अनुसार चामल कारोबारी सिंगापुरीले भारतबाट ठुलो मात्रामा चामलको आयात गरी बिक्री गरेर करोडौंको राजश्व घोटाला गरेका थिए ।
सुनसरीको दुहवीस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ प्रालिले हुन्डीमार्फत् अवैध रुपमा भारतमा पैसा पठाई अर्बको चामल नेपालमा ल्याई बिक्रीवितरण गरेको उजुरी राजश्व अनुसन्धान कार्यालय इटहरीमा पर्यो । इटहरी राजश्वले प्रारम्भिक रुपमा छानबिन गर्दा राजश्व छली भएको देखियो । त्यसको रिपोर्टिङ महानिर्देशक नवराज ढुंगानासमक्ष तत्कालीन कार्यालय प्रमुख सुरेश आचार्यले गरे । रिपोर्टिङ लगत्तै उक्त केस विभागले नै हेर्ने गरी फाइल मगाइएको थियो ।
सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगका अध्यक्ष राजेन्द्रप्रसाद अग्रवालले पौने २ अर्ब रुपैयाँ भारतमा हुन्डी गरेर पठाई चामल ल्याएर बिक्रीवितरण गरेको देखिएको छ । सेन्चुरीले नेपालकै राजविराजमा रहेको गिरीधारी खाद्य उद्योगबाट चामल खरिदको बिल पेश गरी उन्मुक्ति लिन खोजेको छ । जबकि अति नै सानो स्केलमा र पत्याउनै नसकिने गिरीधारीले अरबौको चामल सेन्चुरीलाई कसरी बिक्री गर्यो ? त्यसको मिहीन छानबिन गर्ने हो भने गिरीधारीलाई समेत कारबाही हुने राजश्वकै कर्मचारी बताउँछन् ।
सिंगापुरीलाई राजश्व घोटालाका अन्य प्रकरणमा भने राजश्व अनुसन्धान इटहरीदेखि आन्तरिक राजश्व कार्यालय विराटनगरले पटक पटक कारवाही गरिसकेको स्थानीय व्यापारीहरू बताउँछन् । यसअघि उच्च तहमा भनसुन गर्दै बच्दै आएका सिंगापुरीलाई यसपटक राजश्व अनुसन्धान विभागले ठुलै कारवाहीको तयारी गरिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार २०५८ सालमा कोशी श्री ट्रेडर्सका नाममा ३००७५३४५१ को पान दर्ता लिएका उद्योगी एवं व्यवसायी सिंगापुरीले उक्त फर्ममा नै श्यामबाबा राइस एण्ड आयल मिलको कारोबार थप गरी करोडौं कमाउन सफल भएपछि चामलको कारोबारमा लागेका थिए ।
विराटनगरमा बदनाम भइसकेका व्यापारी सिंगापुरीले विराटनगर लगायत आसपासमा सञ्चालन भएका खाद्यान्न उद्योहरुबाट केही बर्ष अगाडि भएको मधेश आन्दोलन, नाकाबन्दी र हड्ताललाई मुख्य मुद्दा बनाएर करोडौं कमाउन सफल भएका थिए । सिगापुरीले अस्वाभाविक रुपमा राजश्व छली गरेको दावी पनि स्थानीय चामल व्यापारी बताउँछन् । चामलको कारोबारमा मनग्गे कमाइ देखेका व्यवसायी सिंगापुरीले पछिल्लो समय सहोदर छोरा यस अग्रवाललाई सेन्चुरी प्रोडक्टको ब्रान्च खडा गरी काठमाडौंमा नै राखेर कारोबार गर्दै आएको र विराटनगरमा जस्तो कारोबार काठमाडौंमा पनि गर्न थालेपछि अहिले राजश्व अनुसन्धान विभागले चासो देखाएको हो ।
विराटनगर महानगरपालिका साविक वडा नम्बर २ मा बसोबास गर्ने सिंगापुरीले सुनसरीको दुहबीमा सञ्चालन गरेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रालि.ले पनि करोडौंको राजश्व छलेको कुरा अहिले बाहिर आएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरबाट भ्याट नम्बर ३००४६५४०६ मा दर्ता भएको उक्त उद्योगले चालीस करोडभन्दा बढि वार्षिक कारोबार गरेको ठूला करदाताको कार्यालय काठमाडौंमा उजुरी परेको बताइएको छ ।
उक्त उद्योगको फायलमा पनि आन्तरिक राजश्व विभागबाट राम्रोसँग अनुसन्धान गर्ने हो भने करोडौंको राजश्व छली भएको हुनसक्ने दावी स्रोतले गरेको छ । सेन्चुरी फुड प्याकेजिङका नाममा भारत लगायत तेस्रो मुलुकबाट चामल आयात गरी करोडौंको कारोबार गर्दा पनि उनले राजश्वमा कुनै विवरण नदिएको पाइएको छ । व्यापारी सिंगापुरीमाथि अहिले आएर कारवाही गर्न लागिएको भएपनि राजश्व अनुसन्धान विभागमा गत वर्ष नै प्रहरीले पक्राउ गरी बुझाउँदा उन्मुक्ति दिइएको थियो । अहिले यी कारोवारीलाई फेरी राजश्व अनुसन्धानबाट उन्मुक्ति दिन लागिएको हो वा कारबाहीका लागि प्रक्रिया सुरु गरेको हो भन्ने कुरा अझै गुमनाम नै रहेको व्यवसायीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार