अनधिकृत रुपमा भण्डारण गरेको ठूलो परिमाणमा प्याज बरामद
आबिद हुसेन
फागुन १८, २०८० शुक्रबार १८:५:४
१८ फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा प्रहरीले ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उनकाअनुसार १३३ बोरामा बेवारिसे अवस्थामा बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चौकबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । २ जना व्यक्तिहरुले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न सामग्री बरामद गरेको हो ।
प्रवक्ता थापाका अनुसार ३५० मीटर थान कपडा, मार्किन कपडा ७२ मिटर, लेडिज कट्टु १५५ पिस, अण्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, तौलीया १२ पिस, कुर्ता सुरुवाल ८ पिस, लुंगी ३ पिस, गम्छा ५ पिस बरामद गरिएको हो ।
३ लाख ३ हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीषक थापाले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार