मंगलबार: नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १५:४१:१२
२२ फागुन, काठमाडाैं । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।
आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ ।
त्यस्तै, जलविद्युत् समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ तीन दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटल तथा पर्यटन तीन दशमलव ६९ र लगानी समूह तीन दशमलव ४८ प्रतिशतले घटेको छ ।
त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा समूह दुई दशमलव ६० र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेको छ ।
गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य आज सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार