सहकारीको पैसा हिनामिना गरेर अष्ट्रेलिया उडेका अनन्त मरासिनीले तिरे साँवा–ब्याज
मोहन गुरुङ
फागुन २२, २०८० मंगलबार १८:१३:४४
२२ फागुन, काठमाडौं । स्याङ्जाकाे एक सहकारीका कोषाध्यक्षले हिनामिना गरेको करिब १५ लाख रुपैयाँ साँवा–व्याज फिर्ता भएकाे छ । पुतलीबजार नगरपालिका ११ जैसीडाँडामा रहेको स्याङजा शीत भण्डार सहकारी संस्था लि.का कोषाध्यक्ष अनन्त मरासिनीले हिनामिना गरेको १४ लाख १८ हजार रुपैयाँको ब्याजसहित फिर्ता गरेका हुन् । उनले ब्याज रकम ९७ हजार पनि फिर्ता गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठका अनुसार मंगलबार मात्रै कोषाध्यक्ष मरासिनीले हिनामिनाकाे रकमसहित १५ लाख १५ हजार सहकारीको खातामा जम्मा गरेका छन् ।
कोषाध्यक्ष मरासिनीले सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र सचिव छायाँराम खनाललाई ठगेर रकम हिनामिना गरेको पाइएको छ । गरिमा विकास बैंक स्याङ्जा शाखाको चेकमार्फत उक्त रकम झिकेर उनले व्यक्तिगत र घरायसी प्रयोजनमा उपभोग गरेकाे पाइएको छ ।
उनले कार्यालयका कर्मचारी तलब र कार्यालय खर्च लगायतका बहानामा अध्यक्ष श्रेष्ठ र सचिव खनालद्वारा हस्ताक्षर चेकको दुरुपयोग गरेका हुन् । कहिले अध्यक्षलाई र कहिले सचिवलाई चेकमा हस्ताक्षर गराएर उनले उक्त रकम निकालेका थिए ।
कोषाध्यक्ष मरासिनीले पैसा हिनामिना गरेको थाहा पाएपछि गत माघ २५ गतेको सञ्चालक समिति बैठकले स्पष्टीकरणसहित सात दिनभित्र पैसा फिर्ता गर्न निर्देशन दिएको थियो । तर, सञ्चालक समितिको निर्देशन र ताकेतालाई अटेर गर्दै उनी अष्ट्रेलिया पुगेका छन् । सञ्चालक समितिका साथीहरू र प्रहरीलाई समेत ढाँटेर उनी श्रीमतीसहित अष्ट्रेलिया पुगेका हुन् ।
हिनामिना गरेको कुरा यसरी बाहिरियो
‘यस्तो कसैलाई नहोस् ! सहकारी संस्थाकाे चेक चलाउने अधिकारसहित जिम्मेवार पदमा रहेको एकजना व्यक्तिले आफूखुशी सहकारीको रकम निकालेको थाहा भयो । सोधखोज गर्दा विदेशमा रहेको सन्तानले ‘म यहाँ घर किन्दै छु, जहाँबाट जसरी हुन्छ ३० लाख रुपैयाँ पठाउनुस्’ भनेकाले बाध्य भएर पठाउनु परेको भन्ने जवाफ आयो । त्यो रकम तुरुन्त जम्मा गर्न भनियो । तर, जम्मा गर्नु भएन । अब कानुनी कारवाहीको चरणमा जाँदैछ । आउने आइतबारसम्म जम्मा नभए प्रहरी हिरासतमा जानुपर्ने अवस्था छ । छोराछोरीलाई विदेशमा घर किन्न स्वदेशमा बाबुआमाले यो सास्ती ब्यहोर्नुपर्ने ! छोराछोरी, बाबुआमा सबैले समयमै सोचौं ! यो अवस्था कसैलाई नपरोस् ।’ उल्लेखित वाक्यांश सञ्चालक समितिका एक सदस्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् । यो स्टाटसले स्याङ्जाका सहकारीहरूमा हलचल ल्याएको थियो ।
चेक बाउन्स हुँदा पनि डराएनन् मरासिनी
आफूले हिनामिना गरेकाे रकम तिर्न फागुन ३ गतेका लागि सहकारीको नाममा चेक दिए । उनी अष्ट्रेलिया उड्ने मितिसम्मलाई ढाँट्नु थियो । चेकको नाटक गरे । ३ गतेको मिति रहेको चेक ७ गते मात्रै साटिने बताए । सञ्चालक समिति सहमत भए । तर, उनीहरू ७ गते हैन पहिलै गएर चेक बाउन्सतर्फ लागे । चेक नसटिएको जानकारी गराउन खोज्दा उनी सम्पर्कमा आएनन् ।
प्रहरीलाई समेत ढाँटेर अष्ट्रेलिया हुँइकिए
सहकारीका प्रबन्धक, कर्मचारी र सञ्चालक समितिले भेटघाट र फोनबाट रकम फिर्ता गर्न ताकेता गरेपछि उनी सम्पर्कविहिन हुँदै गए । विदेश जाने तयारी गर्दै छन् रे भन्ने गाँइगुई सुनेपछि सञ्चालक समिति जिल्ला प्रहरी कार्यालय स्याङजाको शरणमा पर्याे । जुन दिन सञ्चालक समिति प्रहरीमा गएकाे थियाे, त्यतिबेला उनी अष्ट्रेलिया उड्न विमानस्थल छिरिसकेका थिए । तारन्तार प्रहरीको फोनपछि बल्ल बल्ल उठेको उनको फोन प्रहरीलाई आज आउन सम्भव नहुने र भोलि परिवारसहित आउने भनेर फोन राखेका उनी जिल्ला प्रहरी कार्यालय होइन, त्यही दिन श्रीमतीसहित राति ११ बजे अष्ट्रेलिया हुँइकिए । समाचार लेखनको क्रममा उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार