सामाजिक सञ्जाल फेसबुक सुचारु
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार २२:२८:४९
२२ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सुचारु भएको छ । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको हो ।
मंगलबार राति ९ बजेतिर एक्कासिमेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए ।
यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ।
हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् ।
यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनी
बैशाख १६, २०८१ आइतबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम - २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६५८, एमाले १६३०, स्वतन्त्र ४३० र रास्वपाः ३०८ मत
बैशाख १६, २०८१ आइतबार