कांग्रेसले मेरो मानमर्दन गरेकाले गठबन्धन फेर्नुपरेको होः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १३:३७:२५
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफ्नो मानमर्दन गरेकाले सत्ता गठबन्धन फेर्नुपरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै कांग्रेसले गठबन्धनको मानमर्दन गरेको उनले बताएका छन् । उनले नयाँ सत्ता गठबन्धन बनाउनुको कारण कांग्रेसको बेइमानी भएको बताए ।
उनले निर्वाचन आउन चारवर्ष बाँकी छँदै महासमिति बैठकमा बेमौसममा मानमर्दन गरेको उल्लेख गरे । महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो’ प्रधानमन्त्री दाहालले भने, ’माओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।’
उनले आफ्नो लक्ष्य सत्ता नभइ सुशासन र समृद्धि रहेको बताए । ’मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री दाहालले भने,’त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’
प्रचण्डले कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाए । उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताए । आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, प्रचण्डले भने, राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’
आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे । नेपाली कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेको थियो ।
‘म संसदमा भएको कुनै पनि दलसँग अविश्वास आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय इस्यूमा मिलेर अघि बढ्नुपर्छ’, उनले भने । कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको प्रधानमन्त्री प्रचण्डले बताए । तर राजनीतिमा व्यक्तिगत सम्बन्धको ठूलो अर्थ नहुने उनले बताए ।
सरकारको गतिबाट आफू असन्तुष्ट भएको कुरा धेरै पहिलेदेखि भने पनि कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्रीको भनाइ थियो । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्य अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा मैले दोस्रो विकल्प रोजेँ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार