धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १३:५९:१५
२४ फागुन, जानकी 'बाँके' । पत्रकार मनऋषि धितालद्वारा जनयुद्धमा केन्द्रित रही हालै प्रकाशित पुस्तकहरुमाथि समीक्षात्मक चर्चा भएको छ । नेपालगञ्जमा बुधबार आयोजित ‘नेपालगञ्ज संवाद’ कार्यक्रममा पुस्तकहरु ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’ र ‘गण्डकयात्रा’मा संवाद गरिएको हो ।
‘नेपालगञ्ज संवाद’ नाम दिइएको उक्त छलफल कार्यक्रममा साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था र परिस्थितिलाई जस्ताको त्यस्तै उतारिएको बताए । उनले पुस्तक पढ्ने पाठक आफैँ जनयुद्धमा सहभागी भएकाले पुस्तकमार्फत जनयुद्धको समग्र समय र परिस्थितिको प्रत्यक्ष अनुभूति दिन सफल रहेको बताए ।
साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताए । उनले पुस्तकका पात्रहरु रहर, कहर र अवसर सबै प्रकारले जोडिएको उल्लेख गर्दै उक्त समयमा भएका वास्तविक घटनालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको बताए । “जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिइन्थ्यो”, उनले भने, “अहिलेका विवाहमा गरिने भड्किलो खर्च कटौती गरी सोहीअनुसार गर्नका लागि पनि किताब शिक्षाप्रद हुनेछ ।”
वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताए । उनले पुस्तकले राजनीतिक र दार्शनिक इतिहास बोलेको पनि स्पष्ट गरे । यी छवटै पुस्तक जनयुद्धको ऐतिहासिक दस्तावेज भए पनि माओवादीले बिर्सँदै गएको उनको भनाइ थियो ।
पत्रकार शङ्कर खनालले पुस्तकले नेपालमा माओवादीले गरेको जनयुद्धको इतिहास जोगाउन सफल भएको बताए । उनले दशकौँ अगाडिको जनयुद्धलाई अहिलेका पुस्ताले ताजारुपले बुझ्न यी दस्ताबेजको अध्ययन गर्नुपर्ने धारणा राखे । पत्रकार तुला अधिकारीले किताबको विश्लेषण गर्दै तत्कालीन जेलभित्रका घटनालाई अहिलेको पुस्ताले जस्ताकोतस्तै देख्नसक्ने बताए ।
राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तक पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताए । उनले पुस्तक प्रेरणादायी, शिक्षाप्रद तथा जिउँदो इतिहास भएको चर्चा गरे । सहिदलाई लेखिएको मार्मिक चिठीले जनयुद्धकालीन अवस्था ताजा बनाउने र सबै पाठकलाई त्यसको स्मरण गराउने उल्लेख गरे ।
नेकपा 'माओवादी केन्द्र' का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराजले जनयुद्धका बलमा देश्मा राजनीतिक परिवर्तन आएको बताए। समावेशीता, धर्म निरेपक्षता, सङ्घीयता, समानुपातिकलगायत व्यवस्था जनयुद्धका कारण सम्भव भएको भन्दै १० वर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत अनुभूति गर्नसक्ने बताए।
पुस्तकका लेखक पत्रकार धितालले आफू जनयुद्धका अनुभूति बाँड्ने हुलाकी मात्र भएको धारणा राखे । पुस्तक कल्पना नगरी वास्तविकरुपले तथ्यका आधारमा लेखिएको जनाउँदै धितालले कतिपय पुस्तकका पात्रसँग पुनर्मिलन भएको स्मरण पनि गरे । त्यस्तै पुस्तकमा समेटिएका कतिपय घटनामा पुनर्मिलन भएका पात्रहरूसँग अनुमति लिएर पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार
‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार