विश्वासघातीको संज्ञा दिँदै प्रधानमन्त्रीको राजनीतिक चरित्रमाथि कांग्रेसले उठायो प्रश्न ?
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:१६:२३
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको बताए ।
लेखकले प्रधानमन्त्री प्रचण्डलाई पद छाड्न आग्रह गरे । आफूले काम गर्न नसकेको स्वीकारेपछि अरूलाई छाड्नुपर्ने उनको भनाइ थियो । ‘तपाइँले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपथ्र्याे त्यहाँसम्म ठिक । तर जाँदा सबै जानुपथ्र्याे नि । अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् ? यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाइहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन । तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल । तपाइले सक्नुभएन भने सबै जानुपर्याे । तपाई मात्र एक्लै पदमा बस्न मिल्छ,’उनले भने ।
लेखकले अहिलेसम्म तीन पटक प्रधानमन्त्रीले गठबन्धन फेरिएको उल्लेख यही दरमा चले पाँच वर्षमा १३ पटक फेरिने बताए । उनले भने– ‘उहाँले जीवित रहँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ । सबै मान्छेले सबै कुरा बुझिरहेका छन् । त्यो उथलपुथल कति दिनसम्म रहन्छ इतिहासले देखाउँला । त्यति मात्रै होइन के जातिलाई लात्तीले हान्छु भन्नुभयो । त्यसमा गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । देशको प्रधानमन्त्रीको लागि यो शब्द स्वभाविक होइन ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गरेको बताए । ‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्याे यो राजनीतिक बेइमानी हो ।’
व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए । ‘यो व्यक्तिगत सम्बन्धमा आधारित भएर गरिएको निर्णय होइन, आज पनि मेरा आदरणीय नेता प्रचण्डप्रति उत्तिकै सम्मान छ । तर राजनीतिक रुपमा इमान भएन, इमान नभएको हुनाले बेइमान भनिएको हो’, उनले भने ।
कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए । आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।
‘यी कारणले कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय समितिको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको हो’, उनले भने । लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताए छ ।
लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो ।
प्रचण्ड नेतृत्वको पुनर्गठित सरकार संविधानको रक्षा, विद्यमान व्यवस्थाको सुदृढीकरण र मुलुकका दिगो शान्ति, सुशासन, समृद्धि र स्थिरता कायम हुनेमा विश्वाास नरहेको उनको भनाइ छ । विगतमा त्यही लक्ष्यका साथ आफूहरुसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य जनक भए बताए ।
लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे । ’हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’ उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए ।
उनले दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताए । उनले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए । ’जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।’
उनले गठबन्धनकाप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको उल्लेख गरे । ’एक जना, दुई जना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम गर्नुभयो’ लेखकले भने । उनले कांग्रेसको प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार