शाइन रेसुङ्गाको नाफासँगै वितरणयोग्य मुनाफा पनि घट्यो, खराब कर्जा दोब्बर
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १५:५१:१४
२४ फागुन, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण अनुसार नाफा १३ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यस्तै कम्पनीको वितरण योग्य मुनाफा पनि ४० दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै बैंकको खराब कर्जा दोब्बरले वृद्धि भएको छ ।
विगतका वर्षहरूमा आकर्षक लाभांश दिएको यस बैंकले यस वर्ष भने पहिलाका वर्षहरूको तुलनामा निकै कम लाभांश दिएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा थानेश्वर पौडेल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डे रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओे प्रकाश पौडेलदेखि डेपुटी सीईओमा लोक राज पनेरु रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले ३७ करोड १२ लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड ९६ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १३ दशमलव ६१ प्रतिशतको गिरावट भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ५ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १ दशमलव २५ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा ४ दशमलव शून्य ३ प्रतिशतले गिरावट हुँदै ५९ करोड ३० लाख पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६१ करोड ७९ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६८ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २० रुपैयाँ शून्य ६ पैसा थियो ।
वितरण योग्य मुनाफा:
कम्पनीको वितरण योग्य मुनाफा जम्मा ६ करोड ७४ लाख रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ११ करोड २८ लाख थियो । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा जम्मा २ रुपैयाँ ८५ पैसा रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ५ रुपैयाँ २७ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६० अर्ब ६२ करोड निक्षेप संकलन गरी ५० अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ८ दशमलव ८७ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह पनि १५ दशमलव २५ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २४ दशमलव ६४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड पुगेको छ भने संचित मुनाफा ६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
किताबी मूल्य:
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३८ रुपैयाँ ६८ पैसा छ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव ६२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा १ दशमलव ३१ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै १० दशमलव ३० प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ६० प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ९० प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा थानेश्वर पौडेल रहेका छन् । बैंकमा उनको २ दशमलव २८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
आर्थिक वर्ष ०७९/८० मा कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३ दशमलव ३० प्रतिशत बोनस र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार