यौनिकता शिक्षाः मेरो शरीर, मेरो अधिकार !
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १०:५९:१०
२५ फागुन, काठमाडौं । किशोर किशोरीले वृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रबर्द्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
यौनिकता शिक्षाका कारण लागूऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेक्षण संख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधान प्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल परिवार नियोजन संघद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोर किशोरीले आफूहरूलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औंल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।
यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुवै संस्थामा आबद्ध किशोर किशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ । यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै वृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , संस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रबर्द्धन गर्दछ ।
कार्यक्रममा संघका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा वृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताए । उनले सरकारको सहयोगीका रुपमा संघले किशोर किशोरी तथा युवा, एचआइभी-एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोर किशोरीलाई उमेर अनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको बताए ।
हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोर किशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो ल्याए । उनले जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव भएको बताए । यसका लागि किशोर किशोरीले आफ्नो क्षमतालाई तिक्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्ने उनको भनाइ छ ।
समानता र समावेशीता व्यवहारतः कार्यान्वयनमा आएको छैन । संघका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, आर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गरिन । संघका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सवलीकरण, सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रमको दोस्रो सत्रमा कार्यक्रक संघको निर्देशक डा वीना श्रेष्ठ, जेण्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र संघका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले संघद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीरः मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैङ्गिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा सङ्घका विभिन्न समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित युवाले आफ्नो अनुभव र सिकाइ र सङ्घमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार