करेसा र पेटीको सदुपयोग कसरी गर्ने ? ( फोटोफिचर )
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार ११:९:४
२६ फागुन, काठमाडौं । आज भोली घरको वारिपरी खालिरहेको जग्ग वा पेटी नै किन नहोस केहि न केहि रोपेर फलाउने चलन छ । करेसाबारीलाई घरेलु स्तरमा गरिने तरकारी खेती भनिन्छ ।
आफ्नो घर वा अफिस वरिपरि रहेको थोरै जमीनलाई करेसाबारीका रुपमा प्रयोग गर्न सकिन्छ । यसबाट आफूले लगाएको काउली, धनियाँ, साग जस्ता ताजा खानेकुराहरु उत्पादन हुन्नछन् । करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन् । थोरै ठाउँमा थोरै मात्रामा गरिने तरकारी खेती हो । यसको उत्पादन घरमै खपत गरिन्छ । लगानी पनि त्यति धेरै लाग्दैन ।
यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुबैमा गरिन्छ । फुर्सदको समय यसमा लगाइन्छ । सहरी क्षेत्रमा बस्ने मानिसहरुका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो ।
करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ । जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ । यसबाट समयको वचत पनि हुन्छ । केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन् ।
करेसाबारीमा लगाउन सकिने तरकारी बालीहरुमा बकुल्ला, सिमी, गोलभेडा, प्याज, केराउ, स्विसचार्ड, धनिया, काउली, लसुन, गाजर, बन्दा, मुला, सलगम, ग्याँठकोभी, पिरो खुर्सानी, भाजी, भेडे खुर्सानी, पालुङ्गो, भण्टा, सोंप, चम्सुर आदि जे पनि लगाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको वनमा लागेको आगो निभाउँदै
बैशाख २३, २०८१ आइतबार
फुतफुते झरनामा पर्यटकको चहलपहल
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहर फूल
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार