बझाङवासीसँग कांग्रेस नेता रोकायाको चिया संवाद
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १३:२१:१७
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेन्द्र रोकायाले काठमाडौंमा चिया संवाद कार्यक्रमको आयोजना गरेका छन् । बझाङ प्रदेश सभा ’क’ मा बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट टिकटका लागि दाबी प्रस्तुत गरेका नेता रोकायाले शनिबार काठमाडौंमा उपलब्ध बझाङवासीसँग चिया संवाद कार्यक्रमको आयोजना गरेका हुन् ।
उनले दल विशेषभन्दा पनि बझाङ घर भई काठमाडौंमा उपलब्ध समग्र व्यक्तिलाई चिया संवादमा आमन्त्रण गरिएको बताए । ’राजनीति समग्र जनताको हितका लागि गरिने विषय हो। उहाँहरूको इच्छा अनुसार नै अगाडि बढ्नसकेमात्र जनअपेक्षा अनुसार काम गर्न सकिन्छ । त्यसैले जनताका भावनाको कदर गर्दै उहाँहरूका विचार सुन्न चिया संवादको आयोजना गरेको हुँ,’ उनले भने ।
नेता रोकायाले आफू बन्नका लागि नभई जिल्लामा विकास गर्नका लागि राजनीति गरेकाले सबैको साथ पाउने बताएका छन् । ’अहिले प्रत्येक जनता सक्षम हुनुहुन्छ । उहाँहरूको सक्षमताको कदर गर्दै जनभावना अनुसार नै काम गर्ने हो । मेरो दाबी पनि त्यसैका लागि हो,’ उनले भने । आफ्नो छोटो समयको आमन्त्रणलाई स्विकारेर कार्यक्रममा उपस्थित भइदिएकोमा रोकायाले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री नरेश बहादुर सिंहले सबै बझाङवासीलाई एकै थलोमा जम्मा गरेर भेटघाट गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले अहिले राजनीतिक अवस्था फरक रहेकाले कांग्रेस उपनिर्वाचनमा एक भएर जानुको विकल्प नभएको धारणा राखे ।
अहिलेको परिस्थितिको सामना गर्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने उनको धारणा थियो । युवाहरूप्रति राजनीतिक आकर्षण बढ्दो रहेकाले पार्टीलाई उक्त मर्मलाई बुझ्न सक्नुपर्ने सिंहको धारणा थियो । उनले टिकट पाइसकेपछि व्यक्तिभन्दा पनि पार्टीको वृहत्तर हितमा केन्द्रित भएर टिकट पाउने उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखेका थिए ।
यस्तै संविधान सभा सदस्य चन्द्रादेवी जोशीले कम्युनिस्टहरूले कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजिरहेको समयमा एक भएर जानुको विकल्प नभएको बताइन् । टिकट पाउनुभन्दा पहिले धेरै व्यक्ति आकांक्षी हुनु लोकतन्त्रमा स्वाभाविकै भए पनि टिकट पाइसकेपछि एक भएर कांग्रेस उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो । एकताको सन्देश दिन रोकायाले चिया संवाद कार्यक्रम आयोजना गरेर राम्रो सन्देश दिन खोजेको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार