बीस लाखको लागतमा बन्यो मनमोहन अधिकारी स्मृति भवन
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १४:४९:४६
२६ फागुन, मनहरी । पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी 'एमाले' हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरुसँग रकम सङ्कलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले बताए ।
उक्त भवन कूल रु २० लाखको लागतमा निर्माण गरिएको उनले बताए । भवनको उद्घाटन नेकपा 'एमाले' बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले गरेका हुन् ।
सोही अवसरमा श्रेष्ठले कार्यकर्ताले चाहे भने सहयोग जुटाएर पनि विकास–निर्माणको काम गर्न सकिने बताए । भवन बनेपछि अब भवनबाटै पार्टीका गतिविधि सञ्चालन गर्न सहज मिल्ने उनले बताए ।
नेकपा 'एमाले' मकवानपुरका अध्यक्ष बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायत उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
बैशाख २५, २०८१ मंगलबार
सन्धिखर्कका किसानलाई कफीखेती तालिम
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
हमासले स्वीकार गर्यो युद्ध विरामको प्रस्ताव
बैशाख २५, २०८१ मंगलबार
उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
बैशाख २५, २०८१ मंगलबार
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
बैशाख २५, २०८१ मंगलबार