राष्ट्र बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्दै
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १०:१३:१२
२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
यस ट्रेजरी बिलमा आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ । मंगलबार फागुन २९ गते यो ट्रेजरी बिल जारी हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ ।
त्यस्तै, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ फागुन २७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार
अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता
पुष २२, २०८१ सोमबार
बजार खुल्नासाथ नेप्सेमा ७ करोड ३३ लाखको कारोबार
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार