घुमफिर : बिरामी नहुने गाउँ सिक्लेस ( फोटो फिचर )
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १३:४६:४७
मनिष अर्याल÷नेपाल फोटो लाइब्रेरी
२७ फागुन, कास्की । कास्की जिल्लाको सदरमुकाम पोखरादेखि करिव ३८ कि.मी को दूरीमा सुन्दर गाउँ सिक्लेस अवस्थित छ । सिक्लेस गाउँ कास्की जिल्ला मादी गाउँपालिका को वडा नं १ मा पर्दछ । सिक्लेस गाउँमा करिव ४ सय घरधुरी रहेका छन् । सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यीली भनेर चिनिन्छ । गाउँको नाम च्यीली कसरी रहन गयो भन्नेबारे विभिन्न किम्बदन्तीहरू रहेका छन् ।
च्यीली शब्दबाट हालको सिक्लेस शब्द कसरी रहन गएको भन्ने बारे हालसम्म कसैले ठोस जवाफ दिन सकेको छैन । यद्यपि सिक (क्ष्अप) भन्नाले विरामी र लेस (भिकक) भन्नाले कम वा अर्थात बिरामी कम भएको गाउँ भएको हुँदा (क्ष्अपभिकक) बाट सिक्लेअस (क्ष्पभिक) नामाकरण हुन गएको भनिन्छ तर यसमा कुनै ऐतिहासिक, वैज्ञानिक वा तथ्यपरक अर्थ भने नभेटिएको मादी गाउँपालिका वडा न १ का वडा अध्यक्ष देवी जङग गुरुङ बताउछन् ।
सिक्लेसमा हाल हर्पथर, लामाथरगैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोलहरु रहेका छन्। यहाँको प्रमुख पेसाको रुपमा कृषि र पर्यटन होपर्यटन क्षेत्र तर्फ हाल सिक्लेसमा २९ वटा सामुदायिक होमस्टेहरु रहेका छन् भने करिव ४६ वटा होटेलहरु सिक्लेस, कॉरीतसा हुगु र क्हफुचे क्षेत्रमा सञ्चालित छन् ।
समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छ्याङ्गै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिंडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ ।
तमु (गुरुङ) हरुको अन्तिम पैतृक राज्य क्होलासोथरबाट पहिलो राज्य विस्तार गरेको सिक्लेस भएकोले यसलाई च्यीली क्ह्याल्सा अर्थात सिक्लेस राज्य भनेर पनि गुरुङहरुको प्येमा अध्ययन गरिन्छ । यो गाउँमा आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा भएको हुनाले गुरुडहरुको इतिहास अध्ययनको पाठशाला घर हो । नेपालको अक्षांश र देशान्तर दुबै रेखाबाट काटिँदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा रहेको छ यसैगरी नेपालकै सबैभन्दा कम उचाईको हिमताल क्हफुचे हिमताल पनि यही वडामा पर्दछ ।
सिक्लेसले देशको मुख्य राजनीतिक महत्त्वमा पनि ठुलो भुमिका निभाएको छ । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई मिति २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईलाई हेलिकोप्टरमार्फत सिधै बालुवाटारमा सार्वजनिक गरी शान्ती सम्झौताको रेखा कोरेको हुनाले विस्तृत शान्ति सम्झौताको प्रस्थान विन्दुको रुपमा नेपाली राजनीतिको इतिहासमा सिक्लेसलाई लिने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार