शान्ति सम्झौतमा माओवादीलाई लगाएको गुन बिर्सिएर प्रचण्डले मलाई धोका दिए : सिटौला
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १५:२४:४२
२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले शान्ति सम्झौतामा लगाएको गुनको बदलामा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले राष्ट्रिय सभाको सदस्यमा नउठ्ने व्यक्तिलाई अध्यक्ष बनाउँछु भन्दै उठाएर अन्त्यमा धोका दिएको बताएका हुन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए ।
उनले आज हामी तपाईंलाई प्रधानमन्त्री भनेर भेट्न आएको होइन, विगतको गठबन्धनमा रहेको एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ, नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो भन्दै आक्रोस पोखेका थिए ।
पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो, सिटौलाले भनेका थिए, तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइँन ।’
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रिय सभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालीन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ । उनले प्रचण्डलाई भनेका छन्, ‘पार्टीलाई धोका त भयो भयो, तपाईंका कारण मलाई पनि धोका भयो ।’ संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको उनको गुनासो छ ।
आफूहरूलाई कांग्रेस गठबन्धनलाई निरन्तरता दिने भन्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने गरेको भन्दै सिटौलाले भने, ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४/५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ?
प्रधानमन्त्री प्रचण्डले लामो भूमिका बाँधेर गठबन्धन कायम राख्न नसक्नुमा यो भयो, त्यो भयो भन्दै कांग्रेसले पारेका अप्ठ्यारो सुनाएका थिए । त्यसपछि सिटौला ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बाहिरिएका छन् ।
सिटौलाले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए । ‘नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ ।’ सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले चार बजे बोलाए मन्त्रिपरिषद बैठक, बजेट अधिवेशनबारे निर्णय हुने
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
बजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
बैशाख १९, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
सूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती
बैशाख २०, २०८१ बिहिबार
बालगौरी पाथीभरा मन्दिर
बैशाख २०, २०८१ बिहिबार
हनुमान स्तम्भ परिसरमा भक्तजन
बैशाख २०, २०८१ बिहिबार
लुक्ला उड्ने जहाजको प्रतीक्षामा बसेका पर्यटक
बैशाख २०, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
रिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार