साउदी लगानीकर्तालाई नेपालमा पूँजी परिचालन गर्न अध्यक्ष ढकालको आह्वान
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार २१:२२:३८
२७ फागुन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानी कर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आज आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउँदी लगानी कर्ताहरुलाई आग्रह गरेका हुन्।
लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानी कर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रलेसँग मिलेर काम गरिरहेकाले बाह्य लगानी कर्ताहरूका लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए ।
नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानी कर्ताहरूका लागि थप अवसरहरू सृजना भएकोतर्फ अध्यक्ष ढकालले साउदी लगानी कर्ताहरूको ध्यानाकर्षण गराए ।
नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाट भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा क्षेत्रमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीको लागि समेत अध्यक्ष ढकालले आग्रह गरे ।
पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानी कर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताए ।
सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानी कर्ताहरुलाई थप अवसरहरू सृजना गरी रहेकोले यसतर्फ ध्यान पु¥याउन उनले आग्रह गरे ।
बाह्य लगानीलाई सहज बनाउन महासङ्घले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न उनले साउदीका लगानी कर्ताहरुलाई आश्वस्त पारे।
महासङ्घले वैदेशिक लगानी सहायता कक्षमार्फत लगानी कर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानी कर्ताहरुलाई थप सहज बनाएको बताए ।
आगामी वैशाखमा हुने नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धतासहित सहभागी हुन उनले साउदीका लगानी कर्ताहरुलाई आग्रह गरे ।
लगानी वेबिनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानी कर्ताहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
काठमाडौं–त्रिशुली भएर चल्ने ईभी माईक्रो बसको भाडा घट्याे
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार