इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १८:३७:४६
१८ वैशाख, काठमाडौं । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई ग्रुपमा मंगलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । यस समझदारी अन्तर्गत, पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ ।
पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ। यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ ।
आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटनपूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार